दफा १२
सार्वजनिक बिदा
(१) श्रमजीवी पत्रकारले व्यवस्थापकले तोके बमोजिमको सार्वजनिक बिदा
पाउनेछ ।
(२) सार्वजनिक बिदाको दिनमा श्रमजीवी पत्रकारलाई सञ्चार प्रतिष्ठानको काममा लगाउनु परेमा सो दिनको सट्टा बिदा दिइनेछ । त्यसरी सट्टा बिदा दिन नसकिने भएमा निजलाई काम गरेको दिनको तलब दिइनेछ ।
(३) सार्वजनिक बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ ।
(४) सार्वजनिक बिदा संचित गर्न पाइने छैन ।